काठमाडौं, असार ११ । पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भएरनभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो। नापजाँचका लागि गर्भगृहबाट टुक्राटुक्रा पार...