मियरले बन्दकाेठ भित्र बाट निर्देशनदिने हैन समस्या समाधानगर्न बाहिर आउनुपर्छ ।

काठमाडौँ , चैत ।काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत  माहनगरपालिकामा भित्र  छिर्न नदिएपछि हंगामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले प्रमुख बालेन शाहलाई छलफलमा आएर समाधान खोज्न चुनौती दिएकी छन् । प्रमुख शाहलाई ‘बाइपास’ गर्दै महानगरको कार्यालयमा बसेको वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागी...

भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सिद्दिन्छ

काठमाडौं, ९ चैत । शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित जगरण सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ ०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्त...

भिसाखी गाउँमा महिलामाथि मानव बेचबिखनको आरोप, सरोकारवालाहरू मौन

काठमाडौं: भिसा संकटको समयमा सुरक्षाकर्मी, आगन्तुक र नेपाल एयरलाइन्सका कर्मचारीहरू संलग्न भएको मानव बेचबिखनको मुद्दा खुलेआम उठिरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन मुद्दाको अनुसन्धानको स्रोत प्रहरी भएको दाबी गरेको छ। भ्रमणपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

मिथिला मध्यम परिक्रमा तीर्थयात्रीहरूको लागि हेल्पडेस्क सञ्चालक

जनकपुरधाम। नेपाल-भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालको संयुक्त कार्यक्रममा मिथिला मध्यम परिक्रमा अन्तर्गत भक्तजन, सन्त र सबै यात्रीहरूको स्वास्थ्य र सुविधाका लागि हेल्पडेस्क सञ्चालन गरिएको छ। परिक्रमा गरेको १५ दिनपछि हेल्पडेस्क सञ्चालन गर्नुपर्छ। कार्यालय सचिव कृष्णकुमार सहलेले नेपालका ११ स्थानमा सञ्...

तराई र मधेसीका दुई दलबीच महागठबन्धन बनेको छ।

जनकपुरधाम। तराई-मधेशमा सक्रिय दलहरू बीच महागठबन्धनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। आठ दलीय मधेसी मोर्चाका दलहरूबीच मोर्चा बनाउने काम सुरु भएको छ। पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति सिर्जना हुन थालेको छ। नेपालका उत्पीडित, उपेक्षित र पिछडिएका परिया वर्ग समुदायको ...

महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी

काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दि...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण...

आज माघे संक्रान्ति, तीर्थस्थलमा स्नान गर्नेको भिड आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताए । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए। यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे संक्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको

काठमाडौं । माघे संक्रान्ति, तीर्थस्थलमा स्नान गर्नेको भिड आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्...

धरौटी मा छुट्दै रवि र छवि दुबैलाइ काठमाडौं ल्याइने।

काठमाडौं, २५ पुस ।  रवि र छवि  दुबैलाइ धरौटी मा छाेड्दै।कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । कास्की अदालतले धरौटीमा रिहा गर्ने आ...