मातातिर्थ मा भक्तजनहरुकाे घुइचाे।

चन्द्रागिरी नगरपालिकामा अवस्थित  मातातिर्थ काे मन्दिर लगाए त विभिन्न नदि , जलका कुण्ड भएकाे ठाउँ दिवंगत पितृ आत्मा काे नाममा दिप बत्ती  बालेर जाग्राम बसेर भाेलिपल्ट विहानै   बैशाख  कृष्ण  औँसीका दिन स्नान गरेर पितृका नाम्मा श्राध्द गर्ने , शिध्दा दानदिने गरिन्छ यसाेगर्नाले पितृ उध्दार हुने विश्वास मनिन्छ । मातातिर्थ...

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउ

भक्तपुर, चैत ३१ । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन्। जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन् ।अर्घाखाँचीको पाणिनि

काठमाडौं चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन् ।अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित दुईदिनसम्म चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणि...

तराई र मधेसीका दुई दलबीच महागठबन्धन बनेको छ।

जनकपुरधाम। तराई-मधेशमा सक्रिय दलहरू बीच महागठबन्धनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। आठ दलीय मधेसी मोर्चाका दलहरूबीच मोर्चा बनाउने काम सुरु भएको छ। पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति सिर्जना हुन थालेको छ। नेपालका उत्पीडित, उपेक्षित र पिछडिएका परिया वर्ग समुदायको ...

महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी

काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दि...

आज माघे संक्रान्ति, तीर्थस्थलमा स्नान गर्नेको भिड आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताए । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए। यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे संक्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको

काठमाडौं । माघे संक्रान्ति, तीर्थस्थलमा स्नान गर्नेको भिड आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्...

डाेजर लिएर गौशाला धर्मशाला भत्काउन गएकाे महानगर लाइ सरकारले भत्काउन नदिने भएकाे छ।

काठमाडौं, १ कात्तिक । गौंशाला धर्मशाला मा सरकारले काठमाडौं महानगरलाई पशुपति गौशाला धर्मशालामा डोजर चलाउन नदिने भएको छ । पशुपति क्षेत्र विकास कोषले उक्त धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिएको थियो । पशुपति क्षेत्र विकास कोषसँगको सहमतिबमोजिम पशुपति गौशाला धर्मशाला खाली गराउन गएको महानगरको दुई वटा डोजर हिजो प्...

काठमाडौं मा इन्द्र जात्रा सम्पन्न।

काठमाडौं असाेज 1गते मंगलबार  पर्न गएकाे इन्द्रजात्रा पर्व बसन्तपुर  दरवार  अगाडि  भव्यता का साथ सम्पन् भएकाे छ ।वर्षा र सहकालका देवता देवराज इन्द्रको तान्त्रिक  विधि अनुसार  पूजा, आराधना गरीने गरिन्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने भारतमा भएकाले ,उपमेयर सुनिता डंगोलले विशिष्ट व्यक्तिहरूको स्वागत गरेका थि...

चलचित्र ‘आँखा’ को टिजर रिलिज : सुकुमवासीको कथा सुकुमवासी प्रति सरकार हर्ने नजर : फिल्म ‘आँखा’

काठमाडौं ।। फरक कथामा बनेको नेपाली चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंको दयनीय अवस्था, बागमती नदीको किनार, सुकुमवासी बस्ती र सरकारको दृष्टिकोणलाई मार्मिक रूपमा चित्रण गरिएको छ । केही समयअघि काठमाडौंका विभिन्न खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीको संरचनालाई महानगरले ‘थरारस’ बनाएर जबरजस्ती हट...

सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर

काठमाडौं।नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब र सरल विचार भएका मानिसहरूलाई आफ्नो फन्दामा पार्ने गरेको पाइएको छ। त्यस्तै नव जनसेवा नेपाल ...