नेपाल र भारत बिचखुल्ला सिमाना

.

हमनखुला सिमाना सुन्दर सम्बन्धको पुल हो’
‘सिमामा तारबार लगाउने विचार अप्रासंगिक र हास्यास्पद’
‘नेपाल–भारत खुला सिमाना अवसर हुनुपर्छ’
‘सीमा सुरक्षाको नाममा मधेशमा सैन्यीकरण भइरहेको छ’
‘खुल्ला सिमाना दुवै देशका जनताको आवश्यकता’
वीरगन्ज। एक कार्यक्रमका वक्ताहरुले खुला सिमाना नेपाल र भारतबीच सुमधुर सम्बन्धको पुल भएको बताए । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको योजना वीरगञ्जमाले बुधबार ‘खुला सीमा–मिठा सम्बन्धको पुल’ शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा राजीव झाकोको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका नेताहरुको उपस्थिति रहेको थियो ।
समुहका राष्ट्रिय अध्यक्ष डा झले ईपीजीले प्रतिवेदन तयार गर्ने समिति समावेशी नभएको र नेपाल–भारत सीमाबारे जानकारी नभएका व्यक्तिले बनाएको बताए । विश्व भूमण्डलीकरण तर्फ उन्मुख भइरहेका बेला सिमानामा तारबार लगाउने विचार सन्दर्भ बाहिर र हास्यास्पद भएको उनले बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झलेले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए । ‘दिल्ली र काठमाडौंको नियम–कानूनमा मात्रै नेपाल–भारत जनता–जनताको सम्बन्ध कायम गर्न सकिँदैन’, उनले भने, ‘नेपाल र भारतबीचको आधुनिक सीमाना हेर्दा यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सिमाना दुवै देशका लागि अवसर हो र यहाँका जनता मुक्तिदाता हुन् ।
त्यस्तै कार्यक्रमका अर्का वक्ता वरिष्ठ पत्रकार चन्द्र किशोरले सीमा सुरक्षालाई मधेशमा सैनिकीकरण भनिएको बताउनुभयो । उनले सीमा क्षेत्रमा बसोबास गर्ने जनताको भावनाअनुसार नियम–कानुन बनाउनुपर्ने बताए ।
अर्का वक्ता भारत रक्सौलका समाजसेवी महेश अग्रवालले दुवै देशका जनतालाई खुला सिमाना चाहिएको बताए । त्यसैगरी प्रदेश सदस्य श्याम पटेलले चहदैमा नाकामा तारबार लगाउन सरकारले बैठक बोलाउनुपर्ने बताए ।
त्यसैगरी प्राध्यापक डा प्रमोदकुमार कुशवाहाले हाम्रो शिक्षा प्रणाली राम्रो नभएको र सिमानाका विषयमा अन्योल रहेको बताउनुभएको थियो ।
कार्यक्रममा डा घनश्याम ठाकुर, नेजामुद्दीन समानी, कृष्ण पटेल, रम्भा मिश्र, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्य दूत शशि भुषण, अनिरुद्ध सिंह कलवारलगायत सामाजिक अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकारको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा राजनीतिज्ञ आदिको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार