काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को "समसामयिक निबन्ध संग्रह " पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ...