असार १५ मा यसरी मुस्कुराउँदै गुफाडाँडा(फोटो फिचर)

.

  • मानकाजी पाख्रीन

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला आफैमा मनमोहक र प्राकृतिक सुन्दरताले भरिएको पर्यटकीय गन्तव्य हो । यहि जिल्लाको मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडा जिल्लाकै अर्को सुन्दर र मनमोहक गन्तव्य हो ।

अहिले असारको मध्यभागमा आइपुगेका छौं । झरी बादल र असारे खेतीले सबै स्थानीय व्यवस्त भएको बेला गुफा डाँडाको दृश्यले थप रौनकता छाएको छ । कहिले बादलको घुम्टो कहिले घामको झुल्कोले लुकामारी गर्ने यो गुफाँडाँडा असार १५ मा भने खुलेर हाँसेको देख्न सक्छौं ।

साथै यस जिल्लाको आमा याङ्ग्री हिमाल, गणेश हिमाल र ६ हजार भन्दा अग्लो जुगल हिमालले जिल्लालाई थप सुन्दर बनाइ दिएको छ ।

जहाँबाट प्रत्यक्ष दोलखाको खरिढुङ्गा , नुवाकोटको गोल्फु भन्ज्याङ काभ्रेको तेमाल, महाभारत, धुलिखेल भक्तपुरको नगरकोट र काठमाडौंको शिवपुरी जंङ्गलको सुन्दर दृश्य सहजै हेर्न सकिने छ । हालै सो स्थानमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार