के हाे सुन काण्ड यस्ताे छ वास्तविकता।

.

काठमाडौं, साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोखिएको छ ।

पुलचोकस्थित राजस्व अनुसन्धान विभागबाट आठ बाकसमा सो सुन बबरमहल ल्याइएको हो ।

सुन जोखिसकेपछि पुनः विमानस्थल भन्सारमा पठाईएको छ । विमानस्थलमा अझै पनि ठूलो परिणाममा सुन लुकाईएको आशंकामा खोजतलास जारी रहेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ । साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

विभागले पक्राउ परेकाहरुको घर तथा डेरा समेत खानतलासी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार