विपन्नका लागि बौद्धमा मनकारीहरुको मिठो भोजन (फोटो/भिडियो)

.

याम्बु । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परेका बौद्ध क्षेत्रका ज्यालामजदुरलाई निःशुल्क रुपमा खाना खुवाउनेक्रम जारी छ । ९ औं दिन पनि उनीहरुलाई खाना खुवाइएको हो ।

बौद्ध तामाङ कल्याण गुठी, नेपाल बौद्ध धर्म परिचय समाज सहित विभिन्न व्यक्तित्वहरुको सहयोगमा खाना खुवाई रहेको चन्द्र जित मोक्तानले जानकारी दिए । खाना खुवाउने कार्यक्रमको संयोजन मोक्तानले नै गरेका छन । अरुणीमा कलेजअघि रहेको तामाङ भवनमा प्रत्येक विहान १० बजे खाना खुवाउने गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार