कोरोनाको असर: सुनसान तेमाल जात्रा (फोटो/भिडियो)

.

याम्बु । प्राचीन कालदेखि मनाउँदै आएको तेमालजात्रा यस वर्ष कोरोना भाइरसका कारण प्रभावित भएको छ । विगतको वर्षहरुमा हजारौं भक्तजनहरु आफ्नो पृतिहरुको सम्झनामा ङोवा तथा बत्ति बाल्न आउने गरेका थिए । यसवर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको हो ।

चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपा र चैत्र पूर्णिमाका दिन बालजुको वाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपामा यो मेला लाग्ने गरेको इतिहास छ ।

यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरुको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो । यसवर्ष कोरोनाको कारण स्थगीत भएपनि बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध तामाङ कल्याण गुठीले सम्पर्कमा आएकाहरुको पृतिको छुटा छुटै रुपमा ङोवा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार