बुढानिलकण्ठ नगरपालिका का जनप्रतिनिधिलाइ एक महिना थुनामा राख्न अदालत काे आदेश।

.

काठमाडौं, १३ जेठ ।  बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित चार जनप्रतिनिधिलाई जिल्ला अदालत काठमाडौंले एक महिना कैद सजायको फैसला सुनाएको हाे।

अदालतको अवहेलना मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले उनीहरुलाई कैद सजायको फैसला सुनाएको हो ।
कैद सजाय पाउने वडा अध्यक्षहरुमा नवराज भट्टराई, सुमन तामाङ रहेका छन् । त्यस्नै वडा सदस्य चन्द्रमान श्रेष्ठलाई पनि एक महिना कैद सजाय सुनाइएको छ ।

नगर प्रवक्तासमेत रहेका भट्टराई वडा नं. १० का अध्यक्ष हुन् । श्रेष्ठ पनि सोही वडाका वडा सदस्य हुन् । तामाङ भने वडा नं. ८ का अध्यक्ष हुन् ।
पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक, अधिकारलाई अवज्ञा गरेको अदालतको ठहर छ । ‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार जनही १ महिना कैद हुन्छ,’– फैसलामा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार