कसरी हुँदै छ दुर्गा प्रसाईंको आन्दोलन ?

.

यहि मङ्सिर -७ गते बाट सुरु हुन लागेको दुर्गा प्रसाईं पक्षधर समुहको रास्ट्र रास्ट्रीयता धर्म सस्कृती र नागरिक बचाउ महाअभियानको तयारी लगभग पूरा भएको कुरा सचिवालय लाई उधृत गर्दै सुचना तथा सन्चार बिभाग द्वारा प्राप्त भएको छ।श्रोतको अनुसार राजधानीको तिनै जिल्लाको विभिन्न ठाउँमा जम्मा भै ७ गते १२ बजे काठमाडौको बल्खुमा गएर उत्त बिरोध प्रर्दशन कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा देशका विभिन्न ठाउँबाट अत्याधिक मात्रामा उल्लेख्य जनसहभागिता हुने अपेक्षा गरिएको छ।काठमाडौ बाहिरबाट र काठमाडौबाट गरि झन्डै ७ लाखको संख्यामा मान्छे उतार्ने दाबी नागरिक आन्दोलन पक्षधरको छ।आन्दोलनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान )लगाएत विभिन्न सयौ राजनैतिक दल र संघ सस्थाले ऐक्यबद्धता तथा समर्थन जनाइसकेका छन। सरकारले माइतीघर र बानेश्वर क्षेत्रमा निशेध गरे पछि आन्दोलनको नयाँ क्षेत्र काठमाडौको बल्खुमा तय भएको हो। आन्दोलन शान्तिपुर्ण र अर्थपुर्ण हुने कुरा पनि सचीवालयले जनाएको छ।बैंक ,सहकारी ,लघुबित्तले जनतालाई चर्को ब्याजदर असुलेको र लाखौ मानिस घरबार बिहिन भएको,गणतन्त्र घाणो भएको र हालको ब्यवस्था पुर्ण रुपमा असफल भएको,हालको प्रदेश सम्रचना देशलाइ बोझ भएको र उत्त ब्यबस्था पुर्ण रुपमा असफल भएको,देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संबैधानिक राजतन्त्रको स्थापना गराउने, हिन्दू राज्य घोषणा गराउने लगाएत मुद्दाहरु बोकेर नागरिक आन्दोलनको घोषणा गरिएको सचिवालयले जनाएको छ।दुर्गा प्रसाइले नेतृत्व गरेको उत्त अभियान मङ्सिर -७ गते बाट सुरु भै यो ब्यबस्था परिवर्तन नभए सम्म जारी रहने कुरा पनि सचिवालय लाई उध्रीत गर्दै प्रचार प्रसार बिभागले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार