लोप्चनको अर्को प्रेम कथा ‘मायामा हत्कडी’ सार्वजनिक

.

काठमाडौं । भोज लोप्चनको वियोगान्त प्रेम कथामा आधारित ‘मायामा हत्कडी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हिरोज लोप्चनको शब्द रहेको सो गीतमा बाल कुमार श्रेष्ठ र प्रमिला दोङले स्वर दिएका छन् ।

बाल कुमार श्रेष्ठको लय रहेको गीतमा सारिका केसि र हिरोज लोप्चनको अभिनय हेर्न सकिन्छ ।

काजिस श्रेष्ठको निर्देशन, राजेश घिमिरेको छायांकन र दिपक विष्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार