चलचित्र ‘डम्ब्रे’ को छायांकन सुरु भएको छ

.

 

काठमाडौं ।। निर्देशक उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘डम्बरे’को छायांकन सुरु भएको छ । उदय सुब्बाले निर्देशित चलचित्रको छायांकन शनिबारबाट सुरु भएको हो । निर्देशक सुब्बाले गोप्य रुपमा चलचित्रको छायांकन सुरु गरेका छन् । निर्माण सकिएपछि चलचित्रलाई लिएर हलचल मच्चाउन आफूले गोप्य रुपमा चलचित्र छायांकन सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुले निर्माण गरेको चलचित्रको कथा युवामा बेरोजगारीका कारण उत्पन्न हुने विभिन्न समस्यालाई लिएर बनेको छ । चलचित्रमा अर्जुन गुरुङ, चन्द दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल र निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्म्स कर्पोरेसनले निर्माण गरेको चलचित्रलाई विक्रम दिसीले छायांकन गरेका हुन् । विकास चौधरीको संगीत तथा विजय लिम्बुको संगीत रहेको चलचित्र झापा र इलामको द्वन्द्वमा आधारित चलचित्रको छायांकन एक महिनाको छ । फिल्म ‘डम्बरे’मा अर्जुन गुरु मुख्य भूमिकामा छन् । उनले डुम्ब्रेमाको कथा एक युवा विदेशीलाई अर्कै तरिकामा सुनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार