काठमाडौं । ग्रीनहिल सिटी समाजको अध्यक्षमा सोम पाख्रीन तामाङ निर्वाचित भएको छ । समाजको शनिबार भएकोे साधारण सभाले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजका वरिष्ठ उपाध्यक्ष मोहनराज चापागाई, उपाध्यक्षमा शिला मिश्र रिजाल(महिला), मिङमा तेञ्जितङ शेर्पा र किरण नेउपाने निर्वाचित भएका छन् । यस्तै, नृपेन्द्रवत्त भटराई सचिव, सुरेन्द्रप्रकाश बालाय् सह सचिव र कोषाध्यक्षमा नविनचन्द्र भण्डारी निर्वाचित भएको समाजका अध्यक्ष तामाङले जानकारी दिए ।
सदस्यहरुमा डा.गिर्वाणराज तिमिल्सीना, अशेष पोखरेल, मविन्द्र जोशी, महेशबहादुर श्रेष्ठ, पूर्ण बहादुर संगत, डिलेन्द्रकुमार देवान, पुनम श्रीवास्तव, सुरभी शर्मा र भोलाकुमार लामिछाने रहेका छन् ।
समाजल यस क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वको कामहरु गर्दै आइरहेको छ । लकडाउनको समयमा पनि विभिन्न क्षेत्रमा राहतको साथै खाद्यन्न वितरण गरिएको थियो । नवनिर्वाचित अध्यक्षा तामाङले आगामि दिनमा पनि सामाजिक सद्भाव र सहकार्य गर्नका लागि प्रतिबद्ध रहेको बताए ।
साथै, उनले यस विषम परिस्थितिमा साधरण सभा गरेर नयाँ नेतृत्व चयन गर्न महवपूर्ण भूमिका निर्वाह गरेका निर्वतमान कार्यसमितिकालाई कृतज्ञता समेत ज्ञापन गरेका छन् ।