याम्बु । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई नियुक्त गरेको छ । मन्त्रालयका सह सचिव तथा प्रवत्ताको भूमिकामा प्रखर रहेका तामाङलाई विभागको महानिर्देशकमा नियुक्ति गरेको हो ।
मन्त्रालयका अनुसार बुधबारदेखि तामाङले विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको एलडिओको रुपमा समेत कार्यभार सम्हालि सकेका छन् । यस्तै काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक हुँदै विभिन्न मन्त्रालयमा रहेर कार्य दक्षता हासिल गरेको तामाङसँग अनुभव रहेको छ ।