विश्वको पहिलो कान्छो सगरमाथा आरोही: शम्भु तामाङ (भिडियो)

.

याम्बु । सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली हुन्, शम्भु तामाङ, । सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका थिए ।

उनको यो सफलता विश्वकै लागि नयाँ किर्तिमानी पनि थियो । किनकी तामाङको उमेरले १७ वर्ष यात्रा गर्दै थियो । उनको आरोहन विश्वकै पहिलो कान्छो आरोही बन्छ भन्ने शम्भुलाई नै थाहा थिएन । तर, उनको नाम गीनिज बुकमा पहिलो कान्छो सगरमाथा आरोहीको रुपमा स्वर्ण अक्षरले लेखियो ।

तामाङ, सन १९५५ अक्टोबर २० तारिखका दिन सिन्धुपाल्चोक जिल्ला लिसंखु ४ मा जन्मिएका थिए । तामाङको मावली काठमाडौं भएकाले मामा घरमानै बसेर शान्ति विद्यागृह लैनचौरमा अध्ययन गरिरहेका थिए ।

कक्षा ८ अध्ययन गर्दा गर्दै उनले इटालीयन भाषा अध्ययन गर्न छात्रवृत्ति पाएपछि १४ वर्षकै उमेरमा इटली पुगेका थिए ।
त्यहाँ पुग्दा उनले इटालीयनन भाषासँगै हिमालयसम्बन्धी अध्ययन गर्न समेत पाए । यसपछि उनी १९७१ मा नेपाल फर्किए । स्वदेश फर्किएपछि ८,१६३ मिटर उचाईको मकालु आरोहण गर्ने मौका मिल्यो । तर, सफल हुन नसके पनि उनको हिमाल आरोहणको पाइलाले भने पूर्ण विराम लिएन ।

हिमाल प्रतिको मोह र उत्साहले १९७२ मा अर्जेन्टिनाका नागरिकसँग सगरमाथा आरोहण समूहमा उनी सहभागी भए । सो वर्ष सफल नभएपनि शम्भूले मे ५, १९७३ मा सफल सगरमाथा आरोहण गरेँ । तामाङको यही सफलता विश्वका लागि नयाँ किर्तिमानि बन्यो । उनको सफलताको खबर पहिलो पटक भारतको अल इण्डिया रेडियोले प्रशारण गरेको थियो । यसपछि मात्रै नेपालको गोर्खापत्रले उनको सगरमाथा आरोहणको समाचार प्रकाशरण गरेको थियो । अन्तर्राष्ट्रय सञ्चार माध्यको लागि पनि शम्भू तामाङ प्रमुख समाचार र हेडलाइन बनेको थियो ।

यसपछि कान्छो आरोही शम्भू तामाङलाई विश्व किर्तिमानी आरोहीको रुपमा सामान्य ज्ञानका पुस्तकहरुमा पढ्न पाइन्थ्यो ।
उनले आरोहण गरेको २९ वर्षपछि मात्रै अर्का आरोही तेम्बाछिरीले १६ वर्षको उमरेमा सगरमाथा आरोहण गरेर तामाङको रेकर्ड तोडिएको थियो । रेकर्ड तोडिनु प्रकृतिको सामान्य नियम हो । यद्यपी शम्भू तामाङ सगरमाथाको शिखरमा सबैभन्दा सानो उमेरमा पुगेर विश्व रेकर्ड राख्ने पहिलो व्यक्ति हुन भन्ने तथ्य न कहिलै तोडिने छ न कहिलै मेटिने छ । यो स्वर्ण अक्षर सधैका लागि प्रथम इतिहास हुने छ ।
यो अमर पाइला प्रतिको सम्मान र इतिहासको संरक्षण गर्ने सन्दर्भमा भने राज्य चुकेको छ ।

शम्भू तामाङ एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, आरोहण प्रशिक्षक एवम हिमालय पर्यटनको प्रेरणादायी स्तम्भ हो । तामाङ पर्वतारोहणसँग सम्बन्धित अल्पाइन क्लवका जन्मदतामध्ये एक हुन् ।

सगरमाथाको सफल आरोहण पश्चात उनले नृत्यमान सिंहको साथमा परराष्ट्र मन्त्रालयका अमेरिका युरोप डेस्कका प्रमुख यादवकान्त शिलवाल (पछि सार्क महासचिव भएका) लाई भेटेर हिमाल आरोहण सम्बन्धी संस्थाको प्रस्ताव गरेका थिए । यसपछि राजपरिवारका सदस्य कुमार खड्का विक्रम शाहसँग समन्वय गरेर १९७३ नै नेपाल पर्वतारोहण संघ स्थापना गर्ने एक साक्षी इतिहास बने ।

पर्वतारोहणकै क्रममा उनले स्न १९८५ मा तिब्बतबाट पुनः सगरमाथाको सफल आरोहण गरेका थिए । अगष्ट २८ मा उनीहरुको टिमले सफलतापूवर्क आरोहण गरे ।

आरोहण पछि उनले सन् १९८८ मा चीन जापान नेपाल चमोलङमा सगरमाथा मैत्री अभिायानमा उनी दक्षिण तर्फको उप नेता भएका थिए ।
सन् २००३ मा सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसरमा हुलाक विभागले उनको नाममा स्मारक खाम समेत जारी गरेको थियो ।
तामाङलाई तत्तकालिन स्व राजा विरेन्द्र शाहले गोर्खा दक्षिण वाहु प्रथमको उपाधिले समेत विभूषित गरेका थिए । उनको जीवनको यो अर्को ऐतिहासिक पाटो हो ।

उनले हिमालमा गरेका नयाँ नयाँ किर्तिमानीको उच्च कदर गर्दै मित्रराष्ट्र चीन, इटली, जापान युरोप लगाएतका विभिन्न देशले विभिन्न उपाधि सहित स सम्मान गरेकाछन् । उनी भन्छन,‘ मैले उपाधि र सम्मानका लागि हिमाल आरोहण गरेको थिइन ।’ अब यो सम्मान पत्र र अवार्डहरु अन्तर्राष्ट्रि«य पर्वतारोहण संग्रहालयमा बुझाउने छ ।’

Tulku Karma Wangju Tamang .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार