- अनुवादकः लोपेन लामा ञिमा होइशेर
याम्बु । जो कोहीको जीवनमा जटिल परिस्थिती वा नराम्रो प्रत्ययबाट पुण्य सञ्चय गर्दै पाप सशोधन गर्न सकिन्छ । दुष्प्रत्ययद्धारा पनि पुण्य सञ्चय गर्दै पाप सशोधन गर्ने विधि रहेको छ ।
सत्धर्म स्मरणको अर्थ बोध गर्नका लागि फाइदा इत्यादि कल्याणमित्रको चर्याको अनुसरण गर्ने भएको हुँदा दुष्प्रत्यय त्याग्नु नपर्ने बताएको छ ।
देवता र भुतको अदभुत ऋद्धि शक्ति र विध्न आइलागेमा साधना गरेमा यस परिस्थितिबाट पार लाग्न सकिन्छ । साधनाले गुरु र बुद्धको निर्माण कायको रुप हुने भएकाले भयभित हुनु पर्दैन । सद्धर्मको अभ्यास सहि तरिकाले गर्नको लागि परापुर्व कालको दुष्कर्म आइलाग्ने भएकाले शरिरमा दुःख अर्थात विमार आइपर्दछ । सामान्य अथवा जटिल नै किन नहोस् ।
सामान्यतया टाउको दुखेकोले मात्र भएपनि अनाधिकालदेखि सञ्चय गरेको पाप र क्लेश सबै कुचोले बढारेझै सफा र शुद्ध हुने कुरा शुत्रमा समावेश गरिएको छ ।
यसकारण विमारलाई (मुद्धिता) खुशी प्रष्ट गर्न भावना जगाउनुपर्छ । मनमा दुःख पैदा हुँदा दुःखको स्वभावलाई बुझेर त्यसबाट शुन्यतर्फ लैजान प्रयत्न गर्नु पर्छ । जति सुकै ठूलो दुःख कष्ट आइपरे पनि वास्तविकता भएकोले हार मान्नु हुँदैन । यस्ले तपाईलाई झन मजबुत बनाउँदछ ।
जीवनमा जति सुकै दुःख कष्ट आइ लागे पनि त्यसलाई सहज स्वीकार गरेर साधनाको मार्गमा लगाउन सकिन्छ र लाग्नु पर्छ । अज्ञान्तको क्लेशलाई नत्यागी अपाउनु सकिने मानव जीवनकै यो अमूल्य उपदेश हो ।
गुरु कोङटुल लोडोइ थाय, महायानी चितशोध शष्त अर्थ व्याख्या नामक ग्रन्थबाट साभार गरिएको हो ।