याम्बु : बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको नवनियुक्त अध्यक्ष र कार्यकारी निर्देशकलाई हाद्र्धिक बधाई तथा शुभकामा दिन चाहान्छु । लामो समयपछि समितिले जिम्मेवार व्यक्तित्वहरु पाउँनु भएको छ । यो सुखद पक्ष हो ।
यद्यपी, समितिको अध्यक्ष चयन गर्ने विषयमा भने मेरो केही अनुभव सहितको तथ्यगत प्रसंग पेश गर्न चाहान्छु । अध्यक्षका लागि तोकिएको नियमभित्र रहेर मैले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्राालयमा मिति २०७६ जेठ २ गते दर्ता. ६१५६ आवश्यक कागजतसहित दर्ता गरेको थिए ।
तर, मेरो डकुमेन्ट पर्यटन मन्त्रालयभित्र नै गायब भयो । निवेदन सहित दर्ता भएको मेरो डकुमेन्टको विषयमा के कसो भयो भनेर एक महिनापछि मन्त्रालयमा बुझन पुग्दा कहि भेटिएन । यदि सिंहदबारभित्र नै मेरो शैक्षिक योग्यताको महत्वपुर्ण डकुमेन्ट हराउनु गैरजिम्मेवार मन्त्रालयकी, कर्मचारी ।
यसपछि कर्मचारीले धेरै पटक खोजेपनि नभेटिएपछि मैले पुन आवश्यक डकुमेन्ट सोही दर्ता नम्बरमा दर्ता गरे । त्यति बेला नै मलाई शंका लागेको थियो । यसरी मन्त्रालयमा डकुमेन्ट हराउनु र फेरी दर्ता गर्नु भनेको कहाँ सम्मको अनैतिक कार्य हो । गुम्बा विकास समितिको अध्यक्षका लागि दाबेदारहरु आधा दर्जनभन्दा धेरै थिए । तर, क्षमता अनुभवमा सबै समान्नतर भए पनि ममा कुनै खोट लगाउने सिगनल थिएन ।
र, हिजो भएको नतिजा सरकारका लागि सुखद पक्ष होला । तर, आम बुद्धिष्टहरुले सोच्ने हो भने सरकारको नियत र अध्यक्ष, चयन गर्ने तरिका, शैली र चयन गर्ने पर्यटन मन्त्री योगेश भट्राई, मन्त्रालयका सचिवालय वास्तमै ठिक निर्णय गर्न चुकेको स्पष्ट भएको छ ।
यहाँ व्यक्ति विशेषको विरोध गर्न खोजेको होइन । तर, यहाँ गलत प्रक्रिया र घातक निर्णयले सोच्न, बोल्न र लेख्न बाध्य बनाइदो रहेछ । म धेरै लेख्न, धेरै बोल्न जान्ने व्यक्ति होइन । तर, मनमा लागेको तितो सत्य बोल्नु । धार्मिक हिसावले अर्को धर्म पनि हो ।
किन भने, बौद्ध धर्म परम्परामा एउटै व्यक्तिलाई ‘खेन्पो गेसे’ भनेर कहि पनि सम्बोधन हुँदैन, छैन र हुँदैन पनि । तर, पर्यटन मन्त्रालको आधिकारिक लेटेर हेडमा आएको निर्णय हेर्दा पढ्दा अच्चम लाग्यो । बौद्ध धर्म अनुसार एउटा व्यक्ति शैक्षिक योग्यताको आधारमा गेसे हुन्छ र खेन्पो हुने पद्धति छ । तर, एउटै व्यक्तिलाई सम्बोधन गर्दा लेख्दा खेन्पो गेसे लेखिदैन ।
यो चमत्कारिक शब्द कहाँबाट आयो । मेरो विमति छ । किनकी मन लागि शब्दको प्रयोगले हामीलाई विकृति तर्फ लैजाने त होइन । मेरो जिज्ञास के हो भने यसरी सरकारले नै बेथिति ढंगले शब्द प्रयोग गर्ने हो भने यसको सन्देश के हुन्छ ?
यसकारण यो गम्भीर विषय हो । सम्पूर्ण बौद्ध धर्मवलम्बिको अपमान हो । यो ऋुटिलाई तत्काल सच्याउनका लागि जोडदार माग गर्दछु ।
धन्यवाद ।
कुराकानीको आधारमा ।