याम्बु : नेपाली गीत संगीतको क्षेत्रमा नयाँ पुस्ताको रुपमा उदाउँदै गरेका कला र गला भएका स्रष्टामध्ये रिक्देन पाख्रीन एक हुन् । संगीतको ताल र लयमा रमाउन चाहने पाख्रीनले दर्जनौ गीतहरु लेखि सकेका छन् । साथै थुप्रै गीतमा उनले आवाज दिइ सकेका छन् ।
सिन्धुपाल्चोक जुगल क्षेत्रका उनले हालै नयाँ सेलो गीत ‘तल तल शहर बजारमा’ ल्याउने तयारी गरेका छन् ।
‘गीत संगीत क्षेत्रमा नाम लेखाउन त्यति सहज छैन । गीत सृजना गर्नु आफैमा सहज विषय पनि होइन । गीतले कथा बोक्नुपर्छ । कथाले जीवन दिनुपर्छ र सजीव हुनुपर्छ,’उनले भने,‘गीतमा प्रेम लुकेको हुन्छ । कतिपय प्रेम पर्दाभित्र हुन्छ र कतिपय खुल्ला पुस्तक जस्तै हो ।’
कठिन समयहरुलाई पार गर्दै गीत संगीत प्रतिको रुचि र सांगीतिक माहोल थाहा पाउदै गएपछि छुटै आनन्द हुने उनको भनाइ छ । बिशेष गरि परदेशमा कर्मथलो बनाएर गीत प्रतीको मायाले कलम चलाउने रहर अझै बाँकी रहेको उनको अनुभव छ ।
पाख्रीनको ‘तल तल शहर बजारमा’ चरी मैनाको दोस्रो प्रस्तुतिको रुपमा आउन लागेको हो । उक्त गीतमा गायक तथा संगीतकार जोग लाल लामा र इन्दिरा गोलेको आवाज रहने छ ।एरेन्ज भने पवान वाङ लामाको रहेको छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड हुने सो गीतमा शखर थिङ तामाङको विशेष सहयोग रहेको छ ।