आधा टाउको भएका घिसिङको ‘अप्रेशन’ हुने, अमेरिकामा गुरुङले जुटाउँदै सहयोग

.

काठमाडौं । सुवास घिसिङको टाउको अप्रेशन हुने भएको छ । शौचालयमा लडेर उपचारको क्रममा ८५ हजार नभएपछि ट्रमा सेन्टरबाट सुवास कोठा फर्किएको थियो ।

‘म्हिफाम’ मिडिया नेपालले दुई हप्ताअघि सुवास घिसिङको अहिलेको अवस्थाको विषयमा भिडियो बनाएको थियो । सो भिडियो यस्तो थियो ।

सो भिडियो सामाजिक सञ्जालमा आएपछि केहीले नेपालबाट पनि आर्थीक सहयोग गरेका छन् । अमेरिकामा अहिले सुवासको अप्रेशनका लागि कोपिला गुरुङको परिवारले आर्थीक सहयोग अभियान थालेको छ । कोपिला गुरुङले सामाजिक सञ्जालबाटै रकम संकलन अभियान थालेकी छिन् ।

यत्ता उनको उपचार काठमाडौं माइतिघरस्थित अन्नपुर्ण न्युरोलोजिकल हस्पिटलमा हुने तयारी गरेको छ । डक्टर रेशा श्रेष्ठले सुवासको अप्रेशन गर्ने जिम्मेवारी पाएको छ ।

नेपालबाट बौद्ध नगर विसका समितिले १० हजार, चन्द्रजीत मोक्तानद्धारा थालिएको निःशुल्क खाना खुवाउने अभियानबाट १५ हजार, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्षा खड्गजीतले ५ हजार, बौद्ध धर्म परिचय समाजले ८ हजार, सुवास मोक्तानको सहकार्यमा अमेरिकाबाट टाकोमा बुद्धिष्ट सेन्टरबाट १२ हजार रुपैया सहयोग रकम संकलन भएको छ । म्हिफाम मिडियाको यो पहिलो प्रयास थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार