सागा धावा बारे भ्रम र सत्य

.

खेन्पाे,काेन्छ्याेग नाेर्बु तामाङ

बौद्ध धर्मानुयायी र केहि जिज्ञासु मित्रहरुले सोध्नु भयो,‘केही समयअघि मात्रै बुद्ध जयन्ती मनाइ सकेको फेरि बुद्धको जन्म सागा धवामा भन्दैछ के हो?

सागा धवा भनेको के हो ? हामी नेपालीहरुलाई तिब्बतियन महिना लाद्नुको कारण के? भन्ने प्रश्न धेरै भन्दा धेरै आएको र कुनै कुनै उपासक उपासिकाहरुलाई भने लकडाउनको बेला परेको सागा धवाबाट लाभ कसरी लिन सकिन्छ भनि सोध्नेहरु बढ्दै गएकोले केहि लेख्ने जमर्काे गरेको छु ।

यसबारे बुझ्न सहज होस भन्ने उदेश्यले ३ वटा बुँदामा लेखेको छु ।

(१) त्रि-संयोग दिवस बारे सत्य तथ्य।

(२) सागा धवा बारे

(३) लकडाउनको बेला सागा धावाबाट कसरी लाभ लिने ।

…………………………………………………………

(१) केहि दिन अघि मात्रै हामीले त्रि–संयोग दिवस ( बुद्धको जन्म, ज्ञान लाभ र महापरिनिर्वाणलाई त्रि–संयोग दिवस भनिन्छ) मा बुद्ध जयन्ती मनाएको बिर्सेको छैन । फेरि सागा धवासँग जोडेर त्रि–संयोग दिवस भनि ाबअभदययप को भित्ता भित्तमा देख्दा धेरै मनिसहरुको मनमा अस्ति भर्खरै बुद्ध जयन्ती मनाको फेरि आउँदो सागा धवामा बुद्धको जन्मा कसरी? भन्ने जिज्ञास नहुने कुरै भएन, भन्नेले प्रष्ट नभन्नु र लेख्नेले छुट्याएर नलेखेको परिणामस्वरुप भ्रममा परेको हुन सक्ने मेरो अनुमान रहेको छ ।

तर मेरो अनुमान गलत पनि हुन सक्छ । अब यसरी बुझौं, हामी हिमालयन बौद्धमार्गीहरुले सौर्य पात्रो र चन्द्र पात्रो दुई किसिमका पात्रो प्रयोग गर्ने गर्छाैं ।

यि दुई पात्रो अ–आफ्नो तिथि मिति फरक हुन्छ तर हामीले त्यो थाहा नहुँदा हामी अन्योलमा पर्छौं । सौर्यपात्रो अनुसार त्रि–संयोग अर्थात बुद्धको जन्म, ज्ञान लाभ र महापरिनिर्वाण बैशाख महिना (वैशाख पूर्णीमा) मा परेको थियो भने चन्द्रपात्रो अनुसार सागा धवामा परेकोले अ–आफ्नो पात्रो अनुसार बुद्ध जयन्ती मनाउने गर्दछन ।

बुद्धको जन्म दुई पटक नभइ पात्रो फरकको कारण बुद्ध जयन्ती दुई पटक मनाउने गरेको बुझ्नु पर्छ । नेपाल, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, कंबोडिय, लाओस लगायतका देशहरुले अस्ति बैशाख पूर्णिमा बुद्ध जयन्ती मनाइ सकेको हामी सबैलाई अवगतै छ । यद्यपी चन्द्रपात्रो अनुसार सागा धवामा पनि मनाउने, यसरी दुई पटक बुद्ध जयन्ती मनाउने अवसर पाए पनि भ्रम भने हुनु हुँदैन जस्को कारण बुझ्नु नितान्त आवश्यक छ ।

कुनैले इच्छा अनुसार एउटालाई मान्दा पनि फरक भने पर्दैन । तर, सागा धावालाई जत्ति महत्व दिन्छ त्यत्तिनै बैशाख महिनालाई दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

(२) सागा धवा भनेको के हो ?

हामी नेपालीलाई तिब्बतियन महिन किन लाद्नु? भन्ने बरेमा ‘सागा’ भनेको २७ नक्षत्रहरु मध्ये एकको नाम हो, ‘धावा’ महिना हो, पूर्णीमाको दिनमा जुन नक्षत्र उदाउछ त्यस महीनाको नाम त्यसै नक्षत्रको नाम बाट राख्ने खगोलशास्त्रको बिधि पनि हो । चन्द्र पात्रो अनुसार चौथो महिनाको पूर्णीमामा “सागा नक्षत्रले राज गरेको कारण त्यस महिनाको नाम पनि सागा धवा रहेको भन्ने बुझ्नु पर्छ । बैशाख महिनाको नाम पनि त्यसरि नै हो । हिन्दु पञ्चाङ्गमा यसरि उल्लेख पाइन्छ ‘पूर्णीमाका दिन चन्द्रमा जस नक्षत्रमा हुन्छ त्यसै आधारमा महिनाहरुको नामकरण भएको हो।’

बौद्ध धर्म ग्रन्थमा पूर्णीमाको व्याख्या यस्तो पाईन्छ, वैदेहीपुत्र अजातशत्रु कार्तिक पूर्णीमाको दिन भगवान बुद्धको शरणमा पर्दा “श्रामण्यफलसूत्र“ को देशन गर्नु भएको थियो ।

त्यस सूत्रको वर्णणमा पूर्णीमाको व्याख्या यसरी गरेको छ । ‘महिना पूर्ण हुने, ऋतु पूर्ण हुने अथवा वर्ष पूर्ण हुनेलाई ‘पूर्ण’ भन्दछन्। ‘मा‘ भनेको चन्द्रमा हो अतस् चन्द्रमा पूर्ण भएको हुनाले पूर्णीमा भनिएको हो।’ समग्रमा सागा धावा भनेको चौथो महिना हो भनि बुझे पुग्छ ।
सागा धवालाई यत्ति महत्व किन भन्दा सागा धवामा त्रि–संयोग परेकोले “सागा धवा“ लाई महत्व दिएको हो । अर्काे कारण छैन ।

जसको अर्काे नाम बुम् ग्युर धवा अर्थात कुशल अकुशल जे गरे पनि अरु दिनको तुलनामा लाखौंगुुना बृद्धि हुने महिना भनेर ग्याल्वा कर्मापाले भन्नु भएको हो । ‘चि रिग ग्युन्खो ञेर्दुइ’ मा उल्लेख गरेको छ, जसलाई सबैले एक रुपता दिएको छ, ग्याल्वा कर्मापा जस्ता गुरुको वचन सहि नहुने कुरै भएन। फेरि पनि मेरो मान्यता यो छ कि जुन ( त्रि–संयोग) कारणले सागा धवालाई बुम् ग्र्यु धवा भन्ने हो भने त्यो कारण बैशाख महिनामा पनि पूरा भएको कारण हामीले बैशाख महिनालाई पनि उति नै महत्व दिनु पर्छ ।

किन भने नेपाल, भारत, श्रीलंका, बर्मा, थाईलैंड, कंबोडिया, लाओस लगायतका देशहरुले त्रि–संयोग बैशाख पूर्णेलाई मान्दछन। सागा धवामा त्यहि कारण बुम् ग्र्यु हुन्छ भने त्यहि कारण पूरा भएको बैशाख महिना बुम् ग्र्यु हुनेमा दुविधा नै रहेन।

त्यसैले सागा धवाको खोजिनिति गरेको जस्तै बैशाख महिनालाई पनि गर्नु होला भनि बौद्धमार्गीहरुमा विनम्र आग्रह छ । अब लादेको भन्ने कुरा छ। लादेको जस्तो त लाग्दैन, किन कि हामी हिमालयन बौद्धमार्गीहरुको जन्म देखि मृत्युपछि (जोखना, पूजा) आदि सबै काम चन्द्र पात्रो अनुसार गर्दै आएकाले हाम्रो आदि सबै काम चन्द्र पात्राे अनुसार गर्दै अाएकाले हाम्राे लागि नभै नहुने अङ्गकाे रुपमा रहि अाएकाेले लादेकाे भन्न चाहिँ अलि नमिल्ल कि?

(३) लकडाउनकाे बेला सागा धवाबाट  कसरि लाभ लिन?

कतिपय मित्रहरुले लकडाउन भयो कोर्वा गर्न नपाउने भयो । ञ्युङने ( व्रत) बस्न नसक्ने भयो । गोन्प (गुम्बा) दर्शन नपाउने भयो । धर्म प्रवचन सुन्न नपाउने भयो त्यसैले यो वर्ष के गर्ने होला भनि शरिर र वचनको कुशल बारे सोच्दा रहेछन ।

तर, बौद्ध धर्मको सार बुझ्न सके हामीमा यो प्रशन स्वत हट्नेछ । किन भने बौद्ध धर्ममा शरिर र वचन द्वारा गरेको कुशल कर्म भन्दा चित्तद्वारा गरेको कुशल कर्मको बढी महत्व दिइन्छ ।

कारण हामी कुशल कर्म सुख र शान्तिको निमित्त गर्छौं शुख र शान्ति पनि क्षणिकको सुख र शान्ति नभइ परम सुख र शान्तिको लागि गर्छौं, जसलाई मोक्ष वा निर्वाण भनिन्छ, नेपालीमा निर्वाण भनिन्छ । , निर्वाणको अर्थ निब्नु वा बाँकी नरहने गरि सक्नुलाई बुझिन्छ ।
अर्थात आफुसँग रहेको सम्पूर्ण क्लेश वासना सहित बाँकी नरहने गरि निब्नु, त्यागनुलाई निव्वाण वा निर्वाण भनिएको हो ।सम्पूर्ण क्लेशबाट मुक्त हुनु क्लेशरहित हुनु नै मोक्ष प्रप्त गर्नु हो ।

मोक्ष वा निर्वाण पाउनाको लागि क्लेशलाई मेटाउनु पर्छ र क्लेश चित्त ( मन) मा हुन्छ शरिर र वचनमा हैन, तसर्थ चित्तको क्लेश हटाउन चित्तद्वारा नै कुशल कर्म गर्नु पर्छ । ‘शत्रुले शत्रुलाई वा वैरीले वैरीलाई जति हानि पुर्याउछ त्यो भन्दा कयौंगुना हानि आफ्नै खराब चित्तले पुर्याउछ,’ । चञ्चल, स्वेच्छाचारी चित्तलाई संयम राख्नु नै सुखदायी हुन्छ ।

यसरि हानि र लाभ दुवै चित्तबाट हुन्छ भनि भगवान बुद्धले सूत्रमा बताउनु भएको छ, तसर्थ आफ्नो इन्द्रिय र मनलाई संयम राख्नु नै बुद्ध धर्मको अभ्यास र सो अर्थ भएकोले लकडाउनको बेला परेको सागा धवामा दुर्लव मानाव चोला, संसरिक दोष, मोक्षको अनुसंसा, अनित्य भावना, चार स्मृतिप्रस्थान भावना, प्रतीत्यसमुत्पाद, चार आर्यसत्य भवना, बोधिचित्त भावना, शुन्यता भावना जस्ता गम्भिर भावना गर्ने अवसर पाएको छौं । यो वर्षको सागा धवा शरिर, वचनको कुशललाई भन्दा पनि चित्तको कुशलद्वारा सफल पारौं, बौद्ध धर्ममा आचरण भन्दा दृष्टि महत्व हुन्छ । त्यसैले आर्याष्टाङ्गिकमार्गमा सम्यकदृष्टिलाई पहिलो स्थान दिएको हो । भने दृष्टि प्रज्ञाद्वारा पुरा हुन्छ । त्यसैले शील र समाधि प्रज्ञाको हेतुको रुपमा राखि प्रज्ञालाई अन्तमा राखेको कुरा बौद्धमार्गीहरुले बुझ्नु जरुरि छ। अन्तमा सबैलाई सागा धवाको शुभकामना।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार