सोसल मिडिया अर्थात् फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्म जहाँ हामी टाढा टाढा बसेरै आफ्ना साथीभाई तथा जोकोहीसँग पनि सम्बन्धमा गाँसिन सक्दछौं । अनि हाम्रो दैनिक जीवनका क्षणहरु शेयर गर्दछौं ।
यो भयो हामीजस्ता मामुली मान्छेको कुरा । हामी आफू मामुली नै किन नहोऔं । तर, आज जोकोही पनि दुनियाँकै धनी मानिसहरुको जीवन, उनीहरुको जीवनशैली तथा रहनसहनका बारेमा जान्न चाहन्छौं । दुनियाँका ठूल्ठूला हस्ती, धनाढ्यहरु एकअर्कासँग कसरी सम्पर्कमा रहन्छन् त ? कसरी कुराकानी गर्दछन् त ?
कतिपय धनाढ्यहरु फेसबुक, ट्विटर आदिमा उपलब्ध होलान् । तर यी सार्वजनिक सोसल साइटको अलावा अन्य केही साइटहरु पनि छन् जो केबल धनी मानिसहरुका लागि मात्रै भनेर बनाइएको छ । यहाँ कुनै गरीब वा आम सर्वसाधारण मानिसको प्रवेश निषेध नै हुन्छ ।
धनीले चलाउने ती सोसल मिडिया तथा एपहरुमा गरीबले छिर्ने कुरा सपनामा पनि सोच्न असम्भव छ । यस्ता एप्स छन् जहाँ अकाउन्ट खोल्नकै लागि मोटो रकम तिर्नुपर्दछ । धनीका लागि खोलिएका केही चर्चित एप तथा सोसल नेटवर्क यी हुन्ः