काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । बुधबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ बजेट पारित भएको हो ।आगामी आवको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको पारित भएको हो । महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने अनुमान...