मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता (मधेसी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता भएको छ)

.

काठमाडौं ।। जनता प्रगतिशील पार्टी नेपालका नेता हृदयेश त्रिपाठीले तराई–मधेस केन्द्रित सबै राजनीतिक दलबीच सहकार्यका लागि पहल गर्दै वार्ता र संवादलाई तीव्रता दिएका छन् ।
सोही सिलसिलामा आइतबार जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग जेपी अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा शिवजी यादव, पूर्वमन्त्री ईश्वरदयाल मिश्रलगायत समूहले वार्ता गरेका थिए ।
जसपा नेता तथा पूर्वमन्त्री मिश्रले संविधान संशोधन र नेपालको वर्तमान अवस्थाका साथै एकीकृत शक्ति निर्माणको साझा एजेण्डाका विषयमा जसपा नेपालसँग गहिरो छलफल भएको जानकारी दिएका छन् ।
जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार मधेसी दलहरुबीच सहकार्यका लागि जसपा नेपाल तयार छ ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यस विषयमा थप छलफलका लागि आगामी दिनमा पुनः छलफल गरिने बताए ।
तराई–मधेस केन्द्रित दलहरुबीच सहकार्यका लागि जेआरपी नेपालका हृदयेश त्रिपाठीले र वरिष्ठ उपाध्यक्ष डा शिवजी यादवलाई संयोजक र तीन सदस्यीय संवाद समूह गठन गरिएको छ । जेआरपी नेपाल वार्ता टोलिमा ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार