काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सहकारी ठगहरुले अरुलाई गाली गरेको टिप्पणी समेत गरेका छन।प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’
उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए । यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पूरै समय काम गर्ने ओलीले स्पष्ट पारे ।