काठमाडौं, २३ फागुन । बस दुर्घटन लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ ।
उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।
त्रिशुलीमा बस किन बस दुर्घटना हुन्छ।
.