पशुपति मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको उदघाटन गर्दै ।

.

काठमाडौं, २४ पुस । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ ।  पशुपति क्षेत्र विकास कोष का कार्यकारी  निर्देशक लक्ष्मी पुन मगर नियुक्ति  भएपछि उहाँकाे पहलमा  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा महिलाहरुलाई हुने समस्याको मध्य नजर गर्दै स्तनपान कक्षको व्यवस्था गरेको हो ।

आज (मंगलबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको उद्घाट गरिन् । उनले पशुपति विकास कोषले महिलाको समस्या बुझेर स्तनपान कक्ष स्थापना गरेको भन्दै खुसी व्यक्त गरिन् । यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरिन् । उनले कोषको यस कार्यलाई मानवीय सेवाको रुपमा उल्लेख गरिन् ।

महिला भएर सोच्यौं भने कयौं चिज सामान्य हुन्छन् । तर, व्यवहारिक रुपमा हामीले भोग्छौं त्यो बडो कठिन विषय बन्छ । आज एउटा आमाले बच्चालाई दुध खुवाउने व्यवस्था आज यो कोषले गरेको छ,’– राज्यमन्त्री सिर्पालीले  बताएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार