भुटानी शरणर्थी प्रकरण टाेप बहदुर रायमाझी काे बहस आजबाट सुरु।

.

काठमाडौं, मंसिर १२ । मङ्गलवारबाट नक्कली भुटानीशरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइम।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट आज बहस हुने भएको छ। गत मङ्गलवारबाट नक्कली भुटानी शरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइमा छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालतमा पाटनमा भएको बहस सोमवार सकिएको हो। उनको तर्फबाटको बहस आइतवारबाट सुरु भएको थियो। गत मङ्गलवारबाट हालसम्म १८ जनाको बहस सकिएको पाटन उच्च अदालतले जनाएको छ। आजबाट पाटन अदालतमा पूर्व मन्त्री रायमाझीको बहस सुरु हुँदैछ।

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए। खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका हुन। आइतवर वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार