काठमाडौं,२३ असोज । काठमाडौं केन्द्रविन्दु भएर भूकम्प मंगलबार साँझ ५ बजेर ३ मिनेटमा काठमाडौंको सुन्धारा आसपास केन्द्रविन्दु भएर ३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत सोमबार पनि बझाङको चैनपुर तथा तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको थयो ।
उक्तक्रममा भूकम्पमा परेर एक जनाको मृत्यु हुनाका साथै २० जनाभन्दा धेरै घाइते भएका छन्।