काठमाडौं । असाेज २२ । पहिले दशै आउनु भन्द एकमहिना अगाडि नै दशै का लागि टिकट बुकिङ गरिन्थ्याे यसरी दशै आउनु पाचँ दिन अगाडि अगिम टिकट बुकिङ गर्नु भनेकाे केहि राज्यका अंगमा बस्नेहरुले नै कालाे बजारी टिकट बेचबिखन गर्नत हैन भन्ने प्रश्नचिन्ह यात्रुहरुले गरेका छन ।
दशै का लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य सिटौला बताउँछन् ।










