उच्च अदालत पाटनले दियाे आदेश,जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश

.

काठमाडाैं, १२ असाेज ।न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुद्दा किनारा नलागेसम्म बसपार्क नभत्काउन आज शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाण्डाै महानगरपालिका–३२ जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क तत्कालका लागि नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुद्दा किनारा नलागेसम्म बसपार्क नभत्काउन आज शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचानालाई तोडफोड नगर्न पनि भनेको छ ।

यस्तै अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे पर्सि आइतवार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अदालतले अन्तरिम आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको वारेसमार्फत लिखित जवाफ पेस गर्न काठमाण्डाै महानगरलाई भनेको छ ।

काठमाण्डाै महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी दिएको थियो । महानगरपालिकाकाे चेतावनीविरुद्ध अरनिको अदालत गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार