काठमाडौं, २२ भदौ । रौतहटमा किन हुन्छ पटकपटक गुरु माथि हमला। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ ।
रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले (बिहीबार) बिहान ११ बजे आक्रमण गरेको बताइएको छ । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।
पिपरा बजारस्थित बागमती अस्पतालमा अहिले उनको उपचार भइरहेको बताइएको छ । आक्रमण कसले र किन गरेको हो भन्ने खुल्न बाँकी रहेको छ ।










