पशुपतिनाथ मन्दिर परिषरमा शिवरात्रि भव्यरुपमा तयारी सम्पन्न

.

काठमाडौं, ३ फागुन । पशुपतिनाथमा महाशिवरात्रिकाे पावनअवसरमा  अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार  आउने भएका छन। एक गते बाट सुरुभएकाे  कार्यकम फागुन ७ गतेसम्म पशुपतिमा तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनः निर्माण गरिएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए। दैनिक सत्सङ्ग, प्रश्नोत्तर कार्यक्रम तथा उहाँबाट आशीर्वचन हुनेछ। गरेको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।
कोषका निमित्त प्रमुख रेवती रमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ। यस वर्ष पशुपतिनाथको बिस  लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार