प्रतिनिधि सभा नवनिर्वाचित संभासदहरुलाई राणा ले शपथग्रण गराउदैं।

.

काठमाडौं ,मंसिर ७ विहिवार ।पशुपतिशमशेर जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ सदस्य  पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएकाे थियाे ।

प्रतिनिधि सभामा तीन महिनादेखिको रिक्त भएकाे सङ्घीय संसद्जनप्रतिनिधिले भरिने भएको छ।

ज्येष्ठ सदस्य राणाले आज प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ। आज दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ। ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि आजदैखि प्रारम्भ हुनेछ।
आज २६ सदस्यले मातृभाषामा शपथ लिदैछन् । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका हुन्। प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो।
अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो। यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार