काठमाडौं ,६ मंसिर ।श्रीमदभागवत सप्ताह कथामा एउटा प्रसँग आउछ गोकर्ण र धन्दुकारीको जसले पनि सप्ताह पुराण आन्नन्द पूर्वक सुन्नु भएको छ वहाँहरुलाई त´ थाहा नै होला, जुन कथामा जब धन्दुकारीलाई उसकै ४ वटी रखेलहरुद्वारा झुन्डाएर मारिन्छ, तब त्यस्को आत्मा भयन्कर रुपमा पीडित भएर बायुको रुपमा मुक्तीको लागि भौतारिरहेको हुन्छ।
गोकर्णले यो कुरा थाहा पाएर धन्दुकारीको मुक्तीको लागि श्रीमद्भगवात सप्ताह कथाको आयोजना गर्दछन जब कथा सुरु भयो धन्दुकारी बायुको रुपमा भएको हुनाले एकैठाउमा बस्न नसक्ने त्यसैले यज्ञमा गाडीएको बांसको एउटा खन्डमा बायुको रुपमा बसेर भागवत कथा सुन्न बस्दछ।
सात दिनको लागि आयोजना गरिएको कथा सुन्दै जाँदा, हरेकदिन त्यो बांसको आख्ला बिस्फोट हुँदै गयो, सात दिनमा बांसको सातौ आख्ला पनि फुट्यो,
धन्दुकारी जस्तो: अधर्मि, पापीको पनि उद्दार भयो यो कथा र कुन्डलिनी चक्र ध्यानद्वारा मुक्ती उस्तै उस्तै छ फरक एत्तीहो कथामा धन्दुकारी बांसभित्र प्रबेश गरेर मुक्ती हुँदै जाँदा आख्ला बिस्फोट हुँदै जान्छ भने कुन्डलिनी योगमा आफ्नो शरीर भित्र नै चक्रहरु शहस्त्र चक्र सम्म ध्यान, प्रणयमद्वारा चेत खुल्दै अथवा बिस्फोट हुँदै जान्छन यसकोलागी हाम्रो अन्नमय शरीर भएको हुनाले कस्लाई कती समय लाग्छ एसै भन्न सकिन्न ।
ज्याेतिष अम्विका प्रसाद ढकाल