गैरन्यायिक हत्या मानवअधिकारको उल्लंघन गर्ने अपराधीलाई उन्मुक्ति दिने उदेश्यले ल्याएकोअध्यादेश ।

.

काठमाडौं ,५ मंसिर ।कठपुतली सरकारले जुनसुकै घटनाक्रमलाई पनि राजनीतिक रंग दिएर अत्यन्त गम्भीरअपराधीक पृष्ठभूमिमा दण्डित हुनुपर्ने फौजदारी अभियोग लाईपनि उन्मुक्तिको दिने उद्देश्यले निर्वाचन पश्चात पनि कामचलाउ रूपमा मात्र रहेको यो सरकारले फौजदारी अभियोग सम्बन्धी मुद्दामा मुद्दा जेल सजाय भोगिरहेका हरुलाई समेत सत्तागठबन्धन गर्ने उद्देश्यले अध्यादेशको षड्यन्त्र गर्नु आफैंमाथि निर्लज्ज छ।

हत्या हिंसा र आतङ्कको आबरणमा सत्तामा समाहित भएका यस्ता पाखण्डी हरु बाट यो प्रयत्न हुनु आश्चर्यको विषय होइन। सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो अधिकारको रक्षाको निमित्त यदि सचेत नहुने हो भने नेपाल भन्ने देशको अस्तित्व नरहन पनि सक्छ। सधै संक्रमणकालीन  घटनाक्रमलाई जोडेर राजनीतिको आवरणमा सबै गम्भीर अपराधका फौजदारी जघन्य प्रकृतिका मुद्दाहरू फिर्ता लिने संक्रमणकालीन न्यायको नाउँमा माओवादी माथि लागेको मुद्दाहरू फिर्ता  गराउने उद्देश्यबाट यो अध्यादेश आएको थियो।

टिकापुरको एउटा  घटनालाई देखाएर अतिरन्जित ढङ्गबाट अग्नि सापकोटा लगायतको फौजदारी मुद्धा फिर्ता गराउने प्रपञ्चमा अध्यादेश जारी गरेको हो। गैरन्यायिक हत्या मानवअधिकारको उल्लंघन गर्ने अपराधीलाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याएको हो। केही  समयपछि सरकारले यो अध्यादेशलाई विधेयकको रूपमा  संसदमा प्रस्तुत गर्नेछ‌ अनि सामान्य बहुमतबाट पारित हुनेछ।                                         राजनीतिक, विश्लेषक प्रकाश रायमाझी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार