काठमाडौं, पुस २। नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ
एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।