काठमाडौँ । बुधबार २ गते दिउसाे बझाङको मष्टा गाउँपालिका ४ चिउरीमा भएको जीप दुर्घटना भएकाे छ भने मृत्यु हुनेको संख्या ७ पुगेको छ । ७ जनाको घटनास्थलमै मृत्यु भएको भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार दुर्घटनमा ६ जना घाइतेभएकाे । मष्टा गाउँपालिका १ को डुङ्ग्रीबाट भातेखोला जाने क्रममा सु.प्र.प्र. ००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटना भएर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी छन् । अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
जीपमा सवार अन्यको खोजी भइरहेको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार कार्य गरिरहेका छन् ।
बझाङमा जिप दुर्घटना सात जनाकाे मृत्यु, ६जना घाईते भएकाे छ।










