दास प्रथाअझै हटेन्न टाेलटाेल बाट जनता जाग्न आह्वान।

.

राज्यको करबाट परिपोषित प्रहरी जवानलाई घरमा दास बनाउने प्रहरी सेवा सुविधा सम्बन्धी व्यवस्था गर्ने‌ एेनलाई तत्काल खारेज गरी कथित नेताका घरहरुमा सुरक्षाका नाममा रबटाइएका प्रहरी जवानलाई फिर्ता गराउन नागरिक समाजले कडा चेतावनी दिनु पर्दछ।                                                                  जनताले तिरेको कर‌ बाट तलबभत्ता खाने कर्मचारीलाई कुनै पनि व्यक्तिको घरमा दास बनाउन रबटाउने समाजवाद उन्मुख व्यवस्थामा कसैलाई पनि छुट दिएको छैन।                               संविधानप्रदत्त अधिकारको रक्षा गर्न जनताले विलम्ब गर्नुहुँदैन। इमान्दार असल व्यक्तिहरूले घरमा दास बनाउन प्रहरी जवानलाई कसैले पनि लादैन। संचारमाध्यम हरुले पनि यस सन्दर्भमा व्यापक दबाब उत्पन्न गराउन अग्रसर हुनु जरुरी छ।                              हामीले तिरेको कर बाट केही व्यक्ति हरूको घरमा राज्यले दासका रुपमा खटाउने निन्दनीय कार्यको सर्वत्र विरोध गरिनुपर्दछ। यसरी राज्यबाट खटिएका जवानहरुकलाइ दास रूपमाराखेको घर हरु लाई समेत जनताले अब टोल बस्ती गाउँहरुबाट सामाजिक बहिष्कार गर्ने अभियानसमेत चलाउनु अपरिहार्य भइसकेको छ।             नागरिक  समाजका   अध्य्यक्ष, प्रकाश रायमाझी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार