रिट दर्ता नगर्ने सर्वोच्चका रजिष्ट्रार पन्थी विरुद्ध आन्दोलन घोषणा

.

काठमाडौं पुस ३०गते ।राष्ट्रिय स्वतन्त्र कानून व्यवसायी संघ (नेसनल इन्डीपेन्डेन्ट लयर्स एशोशिएसन) का तर्फबाट विगत एक साता देखी रिट तर्दा गर्न इन्कार गर्दे आएका सर्वोच्चका रिट महाशाखा प्रमुख रजिष्ट्रार नारायण पन्थी विरुद्ध सार्वजनिक रुपमा नागरीक आन्दोलनको घोषणा गरिएको छ ।

स्वतन्त्र कानून व्यवसायी संघका तर्फबाट आज एक सार्वजनिक विज्ञप्ती जारी गर्दे जनताको मौलिक हककै हनन हुने गरी कानूनी प्रक्रिया पुरा गरेर आम जनताको न्यायका लागि पहल गर्ने अभिप्रायका साथ शर्वोच्चमा दायर गर्न लागिएको रिट नियोजित ढंगबाट दर्ता गर्न अस्वीकार गर्दे आएका रजिष्ट्रार पन्थी विरुद्ध नागरिक आन्दोलनको घोषणा र ऐक्यवद्धता माग गरिएको छ ।

नेसनल इन्डिपेन्टेन्ट लयर्स एशोशिएसन नामक गैरनाफामुखी, सामाजिक संस्थाका तर्फबाट अधिवक्ताहरु त्रिलोक वहादुर चन्द, पृथ्वीनाथ राई, अनन्तदेव पराजुली, भुवनेश्वर थापा, आकृति रायमाझी र करुणाकर मल्लिक लगाएतको समूहले गत आइतबारदेखी नेपाल बार एशोसिएशनको आन्दोलनका कारण सम्मानीत शर्वोच्च आदालत लगाएत मुलुकका अन्य तहका अदालतलहरुमा नियमित सुनुवाइ लगाएत न्याय निरुपणका कार्यहरुमा अवरोध पुगेको र आम नागरिकको न्याय पाउँने प्रक्रियामा अवरोध पुगेको लगाएतका विषयहरुलाई लिएर रिट दर्ता गराउन खोज्दा पन्थीले अस्वीकार गर्दे आएका छन् ।

रिट दायरको अभियानको नेतृत्व गर्दे आएका अधिवक्ता त्रिलोक वहादुर चन्दका अनुशार शर्वोच्चका रजिष्ट्रार नारायण प्रसाद पन्थीले विपक्षी बनाइएका शर्वोच्च बार इकाइका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यसंगको मिलेमतोमा आफुहरुको रिट दर्ता गर्न इन्कार गरिरहेको आरोप लगाएका छन् । चन्दका अनुशार पन्थीको एकलौटी हस्तक्षेप विरुद्ध प्रधानन्यायाधीशको सचिवालयसम्म पनि न्यायका लागि सहयोग मागेको तर प्रधानन्यायाधीशले समेत आफुहरुलाइ गुनासो सुन्ने अवसर नदिएकाले यस परिदृष्यमा सबैको मिलेमतो रहेको प्रति विज्ञप्ती मार्फतनै आपत्ति जनाएका छन् ।

नेपाल बारलाइ विपक्षी बनाई तत्काल प्रत्यर्थीहरुको नाजायज आन्दोलन रोक्न परमादेशको माग गर्दे दर्ता गर्न खोजीएको रिटमा सर्वोच्चका रजिष्ट्रार नारायण प्रसाद पन्थीको ठाडो हस्तक्षेप भएको बिषयलाई लिएर स्वतन्त्र कानून व्यवसायी संघले उनि विरुद्ध देश व्यापी रुपमा नागरीककै समर्थनमा शशक्त आन्दोलनको घोषणा गर्ने उद्घोष गरेको छ ।

रजिष्ट्रार पन्थीले कुनै पनि उपयुक्त कारण विना न्यायीक प्रक्रिायाका लागि अघि सारिएको सम्पूर्ण कानूनी प्रक्रियाको मापदण्ड भित्र रहेको रिट दर्ता गर्न अस्वीकार गर्नु बिडम्बना भएको प्रतिक्रिया अधिवक्ता तथा कानूनका प्राध्यापक पृथ्वी नाथ राइको रहेको छ ।

यसैगरी आज शर्वोच्चमा पन्थीको कार्यकक्षमा रिट दर्ता नगुर्नको कारण बुझ्न जाँदा उनको कार्यकक्षमा ढोका थुनेर शर्वोच्च बार इकाइका अध्यक्ष पूर्णमान शाक्य संग गाेप्य कुराकानी भइरहेको फेला परेको अधिवक्ता भूमिनन्द चुँडालले कानून पत्रिकालाइ जानकारी गराए । अधिवक्ता चुँडालका अनुशार उक्त घटनापछि पुनः पन्थीलाइ भेटेर कुरा गर्न खोज्दा रजिष्ट्रार पन्थी पूर्णमान शाक्यसंगै आफ्नो कार्यकक्षबाट सुइकुच्चा ठोक्दै सर्वोच्चको पार्किङ स्थलतर्फ लागेको जानकारी गराए । पन्थीले आफु पूर्णमान शाक्यसंग ढोका थुनेर गोप्य साटगाँठ गरिरहेको स्वतन्त्र कानून व्यवसायीहरुले थाहाँ पाउलान भन्ने डरले दौडेर पार्किङ स्थलतर्फ लागेको प्रत्यक्षदर्सी चुँडालकाे भनाइ छ।

आइतबारदेखी निरन्तर रिट दर्ताको प्रयासमा रहेका स्वतन्त्र कानून व्यवसायीहरु पन्थीको हर्कतबाट आजित भएपछि उनि विरुद्ध शशक्त आन्दोलनमा उत्रिने भएका हुन् ।
रिट दर्ता नगर्ने सर्वोच्चका रजिष्ट्रार पन्थी विरुद्ध आन्दोलन घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार