रिट दर्ता नगर्न आदेश दिने शर्वोच्चका रजिष्ट्रार पन्थी विरुद्ध शशक्त आन्दोलन गर्ने उद्घोष

.

नेपाल बार एशोसिएशनको आन्दोलनका कारण सम्मानीत शर्वोच्च आदालत लगाएत मुलुकका अन्य सम्पूर्ण तहका अदालतलहरुमा नियमित सुनुवाइ लगाएत न्याय निरुपणका कार्यहरुमा अवरोध पुगेको र आम नागरिकको न्याय पाउँने प्रक्रियामा अवरोध पुगेको विषयलाई लिएर नेपाल बारलाइ विपक्षी बनाई तत्काल प्रत्यर्थीहरुको आन्दालन रोक्न भनि परमादेशको माग गर्दे दर्ता गर्न खोजीएको रिटमा सर्वोच्चका रजिष्ट्रार नारायण प्रसाद पन्थीको ठाडो हस्तक्षेपका कारण रिट दर्ता नुहँदा स्वतन्त्र कानून व्यवसायीहरुको एक समूहले उनि विरुद्धनै थप आन्दोलन घोषणा गर्ने उद्घोष गरेको छ ।

नेसनल इन्डिपेन्टेन्ट लयर्स नामक गैरनाफामुखी, सामाजिक संस्थाका तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल, त्रिलोक वहादुर चन्द, पृथ्वीनाथ राई, अनन्तदेव पराजुली, भुवनेश्वर थापा, आकृति रायमाझी र करुणाकर मल्लिक लगाएतको समूहले संस्थाका तर्फबाट जोहर गर्न खोजेको रिट शर्वोच्चका रजिष्ट्रार पन्थीले कुनै पनि उपयुक्त कारण विना दर्ता गर्न अस्वीकार गरेका छन् । आइतबार रिट दर्ताका लागि स्वतन्त्र कानून व्यसायीहरुको समूह नियमित दर्ता फाँटमा पुग्दा पन्थीकै निर्देशनमा रिट दर्ता नगर्न मातहतका कर्मचारीहरुलाइ आदेश भएकाले रिट दर्ता हुन सकेको छैन । पन्थीले नियतवसनै आफुहरुको रिट दर्ता गर्न अस्वीकार गरेको अधिवक्ता त्रिलोक वहादुर चन्दले कानूनपत्रिकालाई जानकारी गराउनु भयो ।

रिटमा नेपाल बारको आन्दोलन गैरकानूनी र अदालत भित्र सेवाग्राहीको मनोविज्ञानलाई प्रभावित पार्ने , भ्रम सृजना गर्ने र स्वतन्त्र न्यायापालिकाको मूल्य र मान्यता विपरित रहेको उल्लेख थियो । साथै शर्वोच्चको प्राङ्गण भित्र गालिगलौज तथा अपशव्द वोल्ने कार्य आम कर्मचारी र सेवाग्राीहीको अपमान मात्रै नभै स्वतन्त्र न्यायपालिकाको संस्थागत छविमाथीको हमला भएको स्पष्ट पारिएको थियो । अदालतको नियमित काम कामबारवाही दैनिक आधा दिन सम्म अवरोध हुँदा न्याय निरुपणमा प्रत्यक्ष असर पुगेकाले उत्प्रेषणको आदेशबाट नेपाल बारको दैनिक नारबाजीलाई रोक्न माग गरिएको थियो । यसैगरी रिटमा विश्वका लोकतान्त्रीक अभ्यास भएका मुलुकहरुमा अदालतल परिसरभित्र नारवाजी, धर्ना, हुलदंगा, ढुङ्गा मुढा र गालि गलौज जस्ता गैरकानूनी र कानून व्यवसायीहरुको आचारसंहिता विपरित कार्य गर्दा एकैपटक हजारौ कानून व्यवसायीहरुको लाइसेन्स समेत खारिज भएका नजिरहरुलाइ बलियोढंगबाट पेश गरिएको थियो । स्वतन्त्र कानून व्यवसायीहरुको रिटमा कानूनी प्रश्न र अभ्यास तथा प्रर्याप्त प्रमाण र नजिर हुँदा हुँदै शर्वोच्चका रजिष्ट्रार पन्थिको ठाडो आदेशमा रिट दर्ता नहुनु कानूनी राज्यको उपहास भएको अर्का अधिवक्ता स्वागत नेपालले प्रतिक्रिया दिनु भयो । रजिष्ट्रार पन्थीले नेपाल बारका आन्दोलनकारीहरुसंगको मिलेमतोमा आफुहरुको रिट दर्ता गर्न अस्वीकार गरेको स्वतन्त्र कानून व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । उनिहरुले आफुहरुको रिट दर्ता नभएमा आइतबारबाट पन्थी विरुद्ध शशक्त आन्दोलनको कार्यक्रमको घोषणा गर्ने उद्घोष गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार