काठमाडौँ ,श्रावण ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मुलुक हाँक्ने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् ।
कांग्रेसलाई आफनो दायित्व इमान्दारी पूर्वक निर्वाह गर्नुपर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ। कम्युनिष्टहरुलाई जनताले विश्वास गरेर मत दिएको भएपनि कम्युनिष्टहरु जनता प्रतिउत्तरदायी हुन नसकेको समेत भण्डारीले बताएका छन्। स पूर्वमन्त्री भण्डारीले आँबुखैरेनी गाउँपालिका ४ नं वडा कार्यालयको भवन उद्घाटनका गर्नेक्रममा बताएका हुन् । कम्युनिष्टहरुलाई जनताले मत दिदाँ जनताको भावना माथि ठेस लाग्ने कार्य गरेको हुँदा आगामी तिनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन समेत पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए ।
आँबुखैरेनी गाउँपालिकाको विकासमा आफूले विगतमा पनि विशेष ध्यान दिएको र आगामी दिनमा समेत विशेष ध्यान दिने समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ। ४ नं वडाका वडा अध्यक्ष नेत्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले आफ्ना भनाई व्यक्त गरेका थिए । यसै अवसरमा जग्गा दाताहरुलाई समेत पूर्वमन्त्री भण्डारीले सम्मान गरेका थिए । गाउँपालिकाले दिएको जानकारी अनुसार ५२ लाखको लागतमा वडा कार्यालयको भवन निर्माण गरिएको छा










