काठमाडौँ असार २४।केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीद्धारा तरुण विभाग कार्यालयमा आज नेता तथा कार्यकर्ता भेटघाट।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं केन्द्रीय तरुण विभाग प्रमुख श्री शंकर भण्डारी ज्यू, तरुण विभाग केन्द्रीय सदस्य एवम् विपन्न तथा दलित समुदाय समन्वय संयोजक स्थिर बावु खाती र केन्द्रीय सदस्य एवम् प्रदेश नं.२ संयोजक रामपल्टन शाह ले नेपाली कांग्रेस सिराहा र महोत्तरीका पार्टी सभापतिद्धय श्री रामचन्द्र यादव, महेन्द्र कुमार यादव र पूर्व माननीय तिर्थ लामा सँग समसामयीक राजनीतिक तथा साँगठनिक विषयमा केन्द्रीय कार्यालय पानीपोखरीमा विष्तृत छलफल गर्नुभएको छ।
सोही क्रममा आफ्नो गृह जिल्ला तनहुँका कांग्रेस नेता तथा ने.वि. संघका पूर्वमहामन्त्रि आनन्द राज त्रिपाठी साथै नेपाली कांग्रेस कालिकोटका यूवा नेता मोतिराज बम, देवेन्द्र शाही र नेपाली कांग्रेस महासमिति सदस्य केशव राज चौलागाई सँग समेत छलफल गर्नुभयो।
उक्त भेटघाटको क्रममा विभाग प्रमुख भण्डारीले अंग्रेजसित युद्ध गरेर देशको सार्वभौम सत्ता जोगाउन हाम्रा पुर्खाले आफ्ना ज्यान गुमाए तर संविधानमा कहिंकतै उल्लेख नगर्ने, मठ मन्दिर गुम्बा ढाल्ने, अपमान र अपेक्षा गर्ने, भाषिक क्रान्तिका नायक आदिकवि भानुभक्तको सम्मान गर्न नखोज्ने, गोरखनाथ देखि नरहरीनाथ र फाल्गुनानन्द देखि प्रपन्नाचार्य सम्मका तपस्वीहरुको आदर गर्न नखोज्ने तर नेपाललाई कुनैपनि प्रकारले योगदान नपु¥याएका माक्स, लेनिन, स्टालिन र माओत्सेतुङ्ग देखि गोञ्जालो सम्मको महिमागान गर्ने परम्पराको अन्त्य गरिएन भने भोलीका दिन नेपाल नरहन सक्छ त्यसैले वैदिक सनातन हिन्दुराष्ट्र पुनस्थापना हुन आवश्यक रहेको त्यसकारणले अबको महाधिवेशनमा जसले वैदिक सनातन हिन्दुधर्मको एजेण्डा अगाडी बढाउछ उही नै पार्टी सभापति हुने समेत धारणा व्यक्त गर्नुभएको थियो |
स्रोत तरुण विभाग केन्द्रीय कार्यालय।