काठमाडौं २८ जेठ ।पशुपति मन्दिर सँगै पुल पारीपट्टि रहेकाे राम मन्दिर जिर्ण अवस्था भएकाे भन्दै विकास काेषले पुर्ण निर्माण गर्ने नयाँ गुरुयाेजना तयार गरेकाे छ,मन्दिर पुर्ण निर्माण नहुन्जेल सम्मकाे लागि बननकाली सँगै रहेकाे धर्म शालामा लगेर राख्ने वा अन्यत्र आश्रममा बस्ने टुङ्गाे नलागि सकेकाे अवस्था रहेकाे छ ।
विगत लामो समय देखि राम मन्दिरमा खाईपाई बस्दै आएका बाबा,जाेगि,सन्तहरु भने राम मन्दिर बाट बाहिर नबस्ने पुर्ण निर्माण भएपनि राम मन्दिर कै छेउमा बस्ने ,अथवा विकास काेषले लिखित कागज नदिए सम्म राम मन्दिर बाट नजाने भन्दै दुखेसाे व्यक्त गरेका छन ।










