
घर लथालिङ्ग भयको बेला
मन लथालिङ्ग भयको बेला
होली मनाउनेत मन थियो
तर के गर्ने भतभुंग भयको बेला !
कति राम्रो घर थियो
सबैको वाह वाही थियो
तर के गर्ने भतभुंग लथालिङ्ग भयको बेला !!
स्वार्थ र घमण्डले सबै बिर्सिएको बेला
बिचार हीन अनी पद्धति मिचेको बेला
रंगै रंगमा डुब्नत मन थियो
तर के गर्ने सबै सबैको मन रोयको बेला!!!
खैर जे होस्———–
स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आदर्णिय आमा-बुबा, दाजु भाई, दिदी बहिनीहरूमा फागु पूर्णिमा अर्थात होली पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभ-कामना !!