अनावश्यक रुपमा इन्धनको मूल्य वृद्धि गरको भन्दै अनेरास्ववियूद्वारा देशभर क्याम्पस अगाडी प्रर्दशन

.

,फागुणकाठमाण्डौं सरकारले एक साताभित्र अनावश्यक रुपमा  दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू ९रञ्जित तामाङ समूह० ले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको प्रर्दशनको क्रममा झण्डै प्रहरीसँग पनि झडप भएको काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर टायर बालेर अनेरास्ववियूले प्रर्दशन हुन् प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए उनीहरुले अब आयलनिगम पनि घेर्ने जनाएका छन् अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार