५,फागुण–काठमाण्डौं । खुल्ला मञ्चमा आज बिहानै नगरपालिकाले डोजर चलाएको छ । खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो । विश्व सम्पदा सूचीमा रहेका दरबार हाई स्कुल र वीर हस्पिटलको पूनसंरचना समेत निर्माण भइ सकोले अब खुल्ला मञ्च खाली गर्नु परेको नगरपालिकाले जनाएको छ । साथै विभिन्न राजनीतिक दलहरुले मुल सडकमा आम सभा गरेर सडकलाई अस्तव्यस्त बनाएको पनि नगरपालिकाले जनाएको छ । त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै दबाबमुलक कार्यक्रम गर्दै आएका थिए । खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गर्दथ्यो । तर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।
खुल्ला मञ्चमा डोजर चल्यो,सबै संरचना हटाए,अब सबै सार्बजनीक जग्गा खाली गर्ने नगरपालिकाको तयारी
.