
२,फागुण–काठमाण्डौं । संसद बिघटनको बिरोधमा प्रत्रकार समेत सडकमा उत्रिएका छन् । सबै मातहतका पत्रकारहरु जुलुस सहित सडकमा उत्रिएका हुुन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले sसद बिघटनको बिरोधमा प्रत्रकार समेत उत्रिए सडकमा सबै मातहतका पत्रकारहरु जुलुस सहित सडकमा उत्रिएका हुुन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आईतबार कर्णाली प्रदेशका देश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेको संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्याली निकालेर प्रर्दशन गरेका हुन् । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गनतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्डसमेत प्रर्दशन गरेका छन् । असंवैधानिकरुपमा गरिएको संसद विघटनको प्रतिगामी कदम र प्रेस स्वतन्त्रता विरोधी हर्कतहरूका विरुद्ध एउटै व्यानरमा आन्दोन गरिएको प्रेस संगठन कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय नेता शिव लम्सालले केपी ओली नेतृत्वको सरकार गठन भएदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित गर्ने कामको सुरु भएको बताए ।