संसद पून ः स्थापनाको माग गर्दै कलाकारहरुद्वारा माइतीघर मण्डलामा बिरोध नाटक प्रर्दशन

.

१८ पुस, काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद भंग गरेको भन्दै नागरिकहरु सडकमा उत्रिएका छन् । उनीहरुले माईतीघर मण्डलामा संसद बिघटनबिरु’द्ध सडक नाटक प्रर्दशन गरेका छन् । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले वि’रोध नाटक देखाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको तर्क रहेका छन् । आन्दो’लनमा सहभागीहरुले ‘सावधान जनता, सार्वभौमसत्ता भयो दमन, घरघर आउँदैछ प्रतिगमन’, ‘खै मेरो संविधान?’,

‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘इतिहासको पाठ हो, प्रतिगमन टिक्दैन’, ‘प्रधानमन्त्री ओलीको शान, सार्वभौम जनताको अपमान’ र ‘सर्वोच्च अदालत सावधान, जोगाएर राख तिम्रो मान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

नागरिकहरुको यो दोस्रो चरणको आन्दो’लन भएको हो । गत हप्तादेखि शंख, नौमती, डम्फु, च्याब्रुङ सहित उनीहरुले आन्दो’लन गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार