१७ पुस, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटिएको छ । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको हो । वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा। देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो ।
सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो । प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ ।
नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।